वीरगञ्ज-पथलैया सडक निर्माणमा ढिलाइ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

वीरगञ्ज-पथलैया सडक निर्माणमा ढिलाइ

श्याम गुप्ता
बारा, २० कात्तिक । वीरगंज–पथलैया ६ लेनको व्यापारीक मार्ग विस्तार योजना तोकिएकै समयमा सम्पन्न नहुने भएको छ । ठेकेदार र सडक विभागको लापरबाहीका कारण सडक समयमा सम्पन्न नहुने भएको हो ।

पथलैयादेखि विरगंज सम्मको २७ किलोमिटर व्यापारीक मार्ग अगामी पुष महिना भित्र सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, अहिलेसम्म बस्ती, वन, बजार व्यवस्थापन हुन सकेको छैन ।

सडक विभागले तीन अर्व २७ करोडको लागतमा सम्पन्न गर्ने गरी विभिन्न कम्पनीसंग सम्झौता गरेको थियो । जसमा करीब ६७ करोड बजेट छुट्याएर २०७५ पुस २८ गते भित्र सम्पन्न गर्ने गरी ६ भागमा विभाजन गरेर छुट्टा–छुट्टै ६ वटा कम्पनीलाई ठेक्काको जिम्मा दिएको छ ।

व्यापारिक मार्ग निर्माणको जिम्मा पाएका निर्माण कम्पनीहरुले समयमा काम नगर्दा व्यापारिक मार्गको काममा ढिलाई हुन पुगेको हो । वीरगंज पथलैया सडक योजनाको ईन्जिनियर सौम्य आनन्दले पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने १ हजार १ सय मिटर रुख कटान गर्नुपर्ने लगायतका कारण समयमा काम हुन नसकेको बताए ।

स्थानीयले यो सडक बनेपछि लाभान्वित हुने अपेक्षा गरेका थिए । तर, विविध कारण देखाउँदै अहिले समयमा नबन्ने भएपछि स्थानीय समेत निराश छन् । सडक निर्माणको समयसीमा समाप्त हुन अब ५ महिना मात्र बाँकी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);