तिहार शुरु भएसंगै सप्तरीको राजविराज झकिझकाउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

तिहार शुरु भएसंगै सप्तरीको राजविराज झकिझकाउ

सौरभ यादव

सप्तरी, २० कात्तिक । तिहार शुरु भएसंगै सप्तरीको राजविराज झकिझकाउ र रंगीचंङी हुँदै गएको छ । पुजा र घर सजावटका सामग्रीसँगै खाद्यान्न, फलफुल र लत्ताकपडा खरिद गर्नेको बजारमा अहिले भिडभाड बढेको छ ।

व्यापारीहरुले अस्थायी पसल थापेर समेत तिहारका सामग्री विक्री गरिहेका छन् । विद्यूतीय सामग्री, माटाका मुर्ती, भाँडाकुडा, दियो लगायतका सामग्री विक्री तथा खरिद गर्न गाउँबाट मानिसहरु राजविराज आएका छन् । तिहार र छठ पर्व शुरु भएसंगै व्यापार समेत बढेको व्यापारीहरु बताउँछन् ।

यता, तिहार र छठ पर्वलाई केन्द्रित गर्दै सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । चाडपर्वमा कुनै अप्रिय र आपराधिक घटना हुन नदिन आवश्यक सवै प्रबन्ध मिलाईएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

जिल्ला प्रहरीले पनि चाडपर्वलाई लक्षित गरी ११ बुँदै विशेष सुरक्षा योजना ल्याएको छ । चाँडपर्वमा हुने चोरी, ठगी, लुटपाट, मदिरा सेवन, होहल्ला, झैझगडा, दुर्घटना लगायतका सवै गतिविधि नियन्त्रण गर्न कडाईका साथ २४ सै घण्टा सादा पोशाकमा प्रहरी परिचालन गरिएको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);