आज तिहारको तेस्रो दिन, धनधान्यकी देवी लक्ष्मीको पूजा गरि मनाइदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८३, मंगलबार

आज तिहारको तेस्रो दिन, धनधान्यकी देवी लक्ष्मीको पूजा गरि मनाइदै

laxmi puja

काठमाडौं, २१ कात्तिक । आज कार्तिक कृष्ण औँसी तिथि धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मी पूजा पर्व मनाइँदैछ ।

आजको दिन घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा घरमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण आज घरघरमा दीपमालिकासहित दीपावली गरिन्छ । घरमा लक्ष्मी प्रवेश गरून् भनी आँगन वा चोकदेखि ढुकुटीसम्म लक्ष्मीको पाइला अङ्कित गरिन्छ ।

विधिअनुसार लक्ष्मी पूजा गरिसकेपछि श्रीसुक्तम् पाठ गरिन्छ, लक्ष्मीलाई नरिवल प्रिय लाग्ने भएकाले लक्ष्मी पूजामा जटानरिवल विशेष रुपमा चढाइन्छ, यसबाट श्रीऐश्वर्य प्राप्त हुन्छ भन्ने विश्वास रहेको पाइन्छ ।आजको रात्रिलाई सुखरात्रि भनिन्छ । लक्ष्मी पूजा गरिसकेपछि आजैदेखि दैउसी, भैलो खेल्ने परम्परा रहेको छ ।

लक्ष्मी पूजाका दिन बिहानै गाई पूजा गर्ने प्रचलन नेपालका केही भागमा भए पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजाको शास्त्रीय विधान रहेको छ ।