काठमाडौं उपत्यकाका नदी किनारमा छठको लागी घाट निर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काठमाडौं उपत्यकाका नदी किनारमा छठको लागी घाट निर्माण

chhat tayari

काठमाडौं, १५ कात्तिक । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिएसँगै शुरु भएको छठ पर्व मनाउने क्रम जारी छ । तराइमा मात्र नभइ काठमाडौं उपत्यकाका नदी किनार र पोखरीमा छठको लागी घाट बनाएर छठ पर्वको तयारी गरिएको छ ।

पशुपति क्षेत्रस्थित गुहेश्वरीमा छठ पर्वको तयारी शुरु भएको छ । गुहेश्वरी छठ पूजा समितिले नदीको वरिपरि रहेको फोहर सफा गर्ने, मण्डप बनाउनका लागी बाँस गाड्ने, घाट सजावट लगायत काम शुरु गरेको छ । गत वर्ष ४५० छठ घाट बनाइएकामा यस वर्ष भने ६५६ भन्दा बढी बनाउन लागिएको छठ व्यवस्थापन समितीले जनाएको छ ।

त्यस्तै करिव ९ बर्षदेखि कमलपोखरीमा पनि छठको पुजा गर्ने गरिन्छ । कमलपोखरीमा स्थानियकै पहलमा हरेक बर्ष छठको धुमधामले पुजा गरिदै आएको व्यवस्थापन समितिले जनाएको छ । यसबर्ष ३ सय २० घाट तयारी गरिएको छ भने १ हजार भक्तजनले दर्शन गर्ने अनुमान समेत गरिएको छ ।

त्यस्तै कालीमाटीको बिष्णुमति नदी किनारमा पनि सरसफाइलाई तिव्र पारिएको छ । पछिल्लो समयमा तराइ बासीहरुले मात्र नभई पहाडियाहरुले पनि सूर्य आराधनाको पर्व छठ मनाउन थालेका छन् । तराईमा धुमधामसँग मनाइने सूर्य आराधनाको पर्व छठ काठमाडौँमा पनि भव्यरुपमा मनाउन थालिएको छ ।

छठ पर्वको साँझ व्रतालुहरूले घरबाट विशेष पूजाका साथ सामग्री छैटीमा राखी टाउकोमा बोकेर नजिकको घाट पुग्ने गर्छन् । घाटमा पुगेर अस्ताउन लागेको सूर्यलाई अर्घ्य दिन्छन् । भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई यसरी नै अर्घ्य दिएर व्रत समापन गरिन्छ ।

कुनै पनि जात र सम्प्रदायको भेदभाव नगरी एकै घाटमा व्रतालुहरूले सूर्यलाई अर्घ्य दिइन्छ । छठको व्रत लिँदा चर्म रोग नलाग्ने, पुत्र लाभ हुने, सौभाग्य वृद्धि हुने, परिवारमा सुख, समृद्धि आउने, परिवारका सदस्यहरू सम्भावित दुर्घटनाबाट जोगिने धार्मिक विश्वास रहिआएको छ । यदपी पछिल्लो समयमा भने नदीनाला, ताल, पोखरीमा बढेको प्रदूषणका कारण छठ पूजा प्रभावित हुँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);