राष्ट्रपतिले अस्ताउँदो सूर्यलाई अर्घ दिई छठ पर्व मनाइन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रपतिले अस्ताउँदो सूर्यलाई अर्घ दिई छठ पर्व मनाइन्

काठमाडौँ, ९ कात्तिक । छठ पर्वको मुख्य दिनका अवसरमा आज साँझ राष्ट्रपति विद्या भण्डारीले अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिएकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीमा स्थापित छठी माताको मन्दिरमा पूजा गरी वाग्मती नदीमा अस्ताउँदो सूर्यलाई अर्घ दिएकी हुन् । उनले कमलपोखरीमा पनि स्थापित छठी मातालाई पूजा गरी अस्ताउँदो सूर्यलाई अर्घ दिएकी छन् ।

छठको मुख्य दिन आज बेलुकी वर्तालुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् । काठमाण्डौँमा रहेका तराई मधेसबासीले राजधानी स्थित नजिकैको बागमती, विष्णुमति लगायतका नदी किनारमा गई सूर्यलाई अर्घ दिइ निष्ठा पुर्वक छठपूजा गरेका छन् ।

मिथिलाञ्चलको विशेष पर्वको रुपमा मानिदै आएको छठ पछिल्लो समय राजधानी लगायतका जिल्लामा पनि मनाउन थालिएपछि सबै तिर छठको रौनक बढेको छ ।

श्रद्धालु भक्तजनले सुर्यलाई अर्घ चढाउने क्रममा ठकुवा, कसार, केरा, उखु, भोगटे, मेवा मिष्ठान आदी प्रसादको रुपमा चढाएका छन् । ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको प्रतिक मानिन्छ ।

छठ पुजाका लागि बुधबार देखि नै राजधानीको बागमती किनार, विष्णुमति किनार, कमलपोखरी, गौरीघाट, गहना पोखरी लगायत स्थानमा घाट सिंगार्ने काम गरिएको थियो । नेपालको विशेष रुपले तराई—मधेश क्षेत्रमा मनाईने यो पर्व पछिल्लो समय राजधानी काठमाण्डौमा पनि भव्य रुपमा मनाउन थालिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);