तराईका जिल्लामा आज ‘चैती छठ’ मनाईंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

तराईका जिल्लामा आज ‘चैती छठ’ मनाईंदै

chhath-puja

काठमाडौं,९ चैत । तराईका विभिन्न जिल्लामा आज ‘चैती छठ’ मनाईंदै छ । छठको पहिलो दिन आज साँझमा अस्ताउँदो सूर्यलाई अर्घ दिईने छ भने भोलि उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठको समापन हुनेछ ।

चार दिवसीय पर्व छठमा पहिलो दिन वर्तालुहरुले नुहाउनेखाने, दोस्रो दिन खरना अर्थात दिनभर उपवास गरेर साँझ खीर तथा फलफूल खाने, तेस्रो दिन उपवास सँगै साँझको अर्घ र चौथो दिन विहान सूर्यलाई अर्घ  दिदैँ पारण हुन्छ । हिन्दुधर्ममा छठलाई कठोर पर्वको रुपमा लिईएको छ ।

चैतको शुक्ल पक्षको षष्ठी तिथिका दिन शुरु हुने चैती छठमा पनि कार्तिकको छठ जस्तै पूजा अर्चना हुने गर्दछ भने सूर्यलाई पूजा गरिने छठ पर्व जलाशयमा मात्र हुन्छ । आज चैती छठको अवसरमा तराईका विभिन्न पोखरीहरुलाई सिंगारिएको छ । खासगरी जनकपुरको एतिहासिक गंगासागरमा छठको रौनक देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);