उदाउँदै गरेको सूर्यलाई अर्घ दिँदै चैती छठ सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उदाउँदै गरेको सूर्यलाई अर्घ दिँदै चैती छठ सम्पन्न

chaiti chat sampanna

बारा, २९ चैत । तराई मधेसवासी सामुदायकाबीच महत्वपूर्ण मानिने चैती छठपर्व शुक्रवार उदाउँदै गरेको सूर्यलाई अर्घ दिँदै सम्पन्न भएको छ । कार्तिक मासमा गरिने छठ पूजा जस्तै चैत्र मासमा पनि तराई मधेसका प्राय: हरेक शहर–बजार एवंम् गाँउ–टोलमा चैती छठपर्व मनाईने भएको हुँदा नजिकैको नदी, पोखरी वा ताल–तलैयाको किनारमा बनाईएका छठ घाटमा छठ ब्रतालुहरुले उदाउँदै गरेको सूर्य भगवानलाई अर्घ दिएर छठ सम्पन्न गरेका हुन् ।

छठ पर्वको पहिलो दिन नुहाई–धुवाइ गरी मंगलवार चोखो खाना खाएर छठपर्व शुरु भएको हो । बुधवार भने दिन भर उपवास बसेर छठ ब्रतालुहरुले रातमा रसियाव रोटी ( खरना ) बनाएर खाएका थिए, भने बिहिवार साँझ छठ घाटमा गएर पूजा बस्ने र अस्ताउँदै गरेको सूर्य देवलाई अर्घ दिईएको थियो ।

छठीमाईको पूजास्थल वर–पर पण्डाल लगाएर छठीमाईलाई दुलही झैं सिङ्गारेर स्थानीय बासिन्दाहरु पनि एक जुट भई एक आपसमा सहकार्य गरि छठ पर्व मनाएका थिए । छठ पर्वमा दउरा, नाङ्गलो, उखु, पित्तल, माटो तथा बाँसले बनाइएको विभिन्न भाँडा वर्तन , नरिवल, पान, सुपारी, अदुवा, निम्बु, सुन्तला, स्याउ, केरा, सिंङ्गडा, सरिफा, चामलको अछेता, अबिर, सिन्दुर, उँखु, मुला, फर्सि र पिठोबाट बनाइएको ठेकुवा लगायतका पुजाका विभिन्न सामाग्रीहरु लिएर छठ पुजा गरिने गरिन्छ ।

यसको अर्को विशेषता भनेको तराई मधेसका दलित, जनजाती तथा मुस्लिमहरुले पनि एकै ठाउँमा बसेर पूजा गर्नेले यसलाई मेल–मिलाप, सद्भाव तथा साहिष्णुताको प्रतिक पनि मानिन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);