कर्मचारी अभावका कारण सेवाग्राही मारमा | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

कर्मचारी अभावका कारण सेवाग्राही मारमा

karmachari abhav saptari

सौरभ यादव
सप्तरी, २९ चैत । सप्तरी जिल्ला प्रशासन कार्यालयले छिटोछरितो सेवा दिन नसक्दा सेवाग्राहीहरु मारमा परेका छन् । कर्मचारीको अभाव भएकाले जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीले सहज रुपमा सेवा लिन नसकेका हुन् ।

सप्तरी जिल्ला प्रशासन कार्यालयमा अचेल दिनहुँ सेवाग्राहीको भिड हुने गर्दछ । दरबन्दी अनुसारका कर्मचारी नभएपछि जिल्ला प्रशासन कार्यालयमा यतिबेला सेवाग्राहीको भिड भएको हो । सेवाग्राहीहरु विभिन्न काम लिएर कार्यालय पुग्छन् । तर, कार्यालयमा कर्मचारीको अभावका कारण सामान्य सेवा लिन पनि धेरै समय पर्खनु पर्ने बाध्य छ । सामान्य कामका लागि पनि झन्झटिलो प्रक्रियाबाट जान बाध्य छन् । जिल्ला प्रशासन कार्यालयमा आफ्नो काम सम्पन्न गर्न धेरै समय लागेको गुनासो स्थानीयहरुको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीमा सिडिओ (सहसचिव) सहित ३३ जनाको दरबन्दी छ । तर, सहायक सिडिओको दरबन्दी समेत लामो समयदेखि खाली छ । प्रशासन कार्यालयमा कामका हिसाबले प्रशासकीय अधिकृतको दरबन्दी महत्वपूर्ण मानिन्छ तर, दरबन्दीमा भएका तीन मध्ये दुई जना अधिकृत उपलब्ध छैनन् ।

नायब सुब्बा १० मध्ये तीन र खरिदार पाँच मध्ये दुई जनाको दरबन्दी पनि खाली छ । लामो समयदेखि एक जना अधिकृत र तीन जना खरिदारको भरमा कार्यालय सञ्चालन भईरहेको छ । कर्मचारीको अभावमा कार्य सम्पन्न गर्न अप्ठेरो परेको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।

कर्मचारीको अभावमा कार्यालय प्रमुख नै नागरिकतामा तोक लगाउने र राहदानी सिफारिस गर्ने काममा अल्मलिएपछि सप्तरीको शान्ति सुरक्षा लगायतका महत्वपुर्ण कामहरु ओझेलमा परेका छन् । कर्मचारीहरुको तालुकदार निकाय जिल्ला प्रशासन कार्यालयले नै कर्मचारी व्यवस्थापनमा ध्यान पु¥याउन नसकेपछि अन्य कार्यालयहरुका काम समेत प्रभावित भइरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);