नवलपरासीमा नागरिकता बनाउनेको भीड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नवलपरासीमा नागरिकता बनाउनेको भीड

जीवन न्यौपाने,
नवलपरासी । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा नागरिकता बनाउनेको भिडभाड बढेको छ । कोरोना जोखिमका बीच जिल्लामा राष्ट्रिय परिचय पत्र बनाउन विवरण संकलन अभियान सुरु भएपछि नागरिकता बनाउनेको भीड बढेको हो ।

परिचयपत्र बनाउनका लागि संकलन हुने विवरणमा नागरिकता अनिवार्य भएकाले अन्य समयभन्दा अहिले नागरिकता बनाउनेको संख्या ह्वात्तै बढेको जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । नयाँ नागरिकतासँगै पुराना, झुत्रा भएका, तस्विर मेटिएका नागरिकताको प्रतिलिपि लिनेहरु पनि आएका कारण भीड बढेको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले भने, ‘भीड बढेपछि ७ वटै स्थानिय तहलाई फरक फरक बारका आधारमा पालो छुट्टाईएको भएता पनि भीड कम नभएको र दरबन्दी अनुसारको कर्मचारीको व्यवस्था नहुँदा कार्यालयमा सेवाग्राहीको चाप बढेको छ ।’

भिडभाड बढेसंगै समयमै काम नहुँदा सेवाग्राहिले भने सास्ती पाएका छन् । साउन १ गते देखि सुरु भएको परिचयपत्रको विवरण संकलनका लागी जिल्लामा ४२ वटा टोली खटाइएको छ । सो टोलीले प्रत्येक वडा वडामा पुगेर विवरण संकलन गर्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);