सभामुखलाई सदनबाटै ठेगान लगाउने एमालेको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सभामुखलाई सदनबाटै ठेगान लगाउने एमालेको चेतावनी

बिमल क्षेत्री,
रुपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेश सभाका सभामुखले पद अनुकुल आचरण नगरेको आरोप लगाएको छ ।

आफुले माग गरे अनुसार प्रदेशसभा सदस्यद्वय विमला खत्री वली र अजय शाहीलाई पदमुक्त नगरेको भन्दै एमालेले सभामुख पूर्णबहादुर घर्तीले पदमा आसीन रहन नमिल्ने ठहर गरेको हो ।

आइतबार एमालेले बुटवलको संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी सभामुख घर्तीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ । नेकपा एमोलका प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुख जस्तो गरिमामय पदमा आसीन रहेको अवस्थामा पटक पटक पद अनुकूलको आचरण नगरेको आरोप लगाए ।

प्रदेश सभाको गरिमामा आँच आउने काम गरेको बताउँदै उनले भने, ‘नेपालको संविधानको धारा १८२ को उपधारा (६) को देहाय खण्ड (ग) एवं प्रदेश सभा नियमावली, २०७४ को नियम १८० बमोजिम नीजले पद अनुकूल आचरण नगरेको प्रष्ट छ ।’

सभामुख न्यायाधीस बन्न खोजेको आरोप लगाउँदै राजीनामा नआएसम्म एमालेले प्रदेशसभा चल्न नदिने बताएको छ । लुम्बिनी प्रदेश सभाका २ सदस्यलाई सभामुखले पदमुक्तको सूचना जारी नगरेकोमा एमाले संसदीय दलले आपत्ति जनाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);