कर्णाली प्रदेशमा एमालेद्वारा प्रदेश सभा बैठकमा अवरोध, बैठक १३ गतेसम्मका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कर्णाली प्रदेशमा एमालेद्वारा प्रदेश सभा बैठकमा अवरोध, बैठक १३ गतेसम्मका लागि स्थगित

सुर्खेत । कर्णाली प्रदेशसभाको शुक्रबार बसेको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधका कारण शुक्रबार बसेको बैठक आगामी १३ गतेसम्मका लागि स्थगित गरिएको हो ।

यसअघि पनि एमालेको अवरोधका कारण गएको ४ र ८ गते बैठक बस्दै नबसी स्थगित गरिएको थियो । सभामुख राजबहादुर शाहीले बैठक सुरु गर्न अघि नै एमालेका प्रमुख सचेतक गुलावजंग शाहले सरकारमा रहेका आफ्ना सांसदलाई फिर्ता गर्न माग गरेका थिए । त्यसलगत्तै एमालेको सांसदहरु उठेर बैठक अवरोध गरेका हुन् ।

कर्णाली प्रदेश एमालले माओवादी केन्द्रका महेन्द्र बहादुर शाही नेतृत्वको सरकारमा रहेका आफ्ना ३ मन्त्रीलाई फिर्ता गर्नुपर्ने अडान राख्दै आएको छ । सर्वोच्च अदालतले एमालेको सांसद बनाइसकेकाले दलको निर्णय विपरीत सरकारमा रहेको भन्दै एमालेले सरकारबाट बाहिरिन दबाव दिँदै आएको छ ।

असार १ गते बजेट प्रस्तुत भएयता एमालेले पटक पटक संसद अवरुद्ध गरेर आफ्ना सांसदलाई फिर्ता बोलाएको छ भने संसदीय दलको बैठकले निर्देशन समेत दिएको छ। कर्णाली प्रदेशमा फ्लोरक्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका माधव कुमार नेपाल पक्षका चार सांसदलाई एमालेले कारबाही गरेको थियो । कारबाहीमा परेका चार सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अम्मर बहादुर थापा सर्वोच्चमा पुगेका थिए ।

सर्वोच्चले उनीहरुलाई केन्द्रीय समितिले कारबाही हुनुपर्नेमा दशौं महाधिवेशन आयोजक कमिटीद्धारा कारबाही भएको भन्दै उनीहरुको सांसद पद पुनर्बहालीको अन्तरिम आदेश दिएको थियो । यी चार सांसदमध्ये शाही, बुढा र थापा मन्त्री छन् । उनीहरुलाई सरकारबाट फर्किन एमालेले दिँदै आएको भएपनि उनीहरुले नफर्किने प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);