एमालेको अवरोधपछि संसद बैठक स्थगित, स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता लिन माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एमालेको अवरोधपछि संसद बैठक स्थगित, स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता लिन माग

१२ जेठ, काठमाडौं । स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ताको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले शुक्रबारको संसद बैठक अबरोध गरेको छ ।

एमालेको अवरोधपछि संसद बैठक स्थगित

१२ जेठ, काठमाडौं । स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ताको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले शुक्रबारको संसद बैठक अबरोध गरेको छ ।

शुक्रबार दिउँसो १ बजेपछि सुरु संसद् बैठक कार्यसूचिमा प्रवेश गर्न नपाउँदै एमाले सांसदहरु ऋा–आफ्ना ठाउँबाट उठेर बैठकमा अबरोध गरेकका थिए । आसनग्रहणको लागि सभामुख ओनसरी घर्तीको पटक–पटकको आग्रह पनि अस्वीकार गरेपछि बैठक अपरान्ह ४ बजेसम्मका लागि स्थगित भएको छ ।

एमाले लगायत विपक्षी गठबन्धनले स्थानीय तहको निर्वाचनको बेला तहको संख्या थप गरेको र प्रधानन्याधीश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै संसद् सञ्चालन हुन दिएको छैन । बिहिबारको पहिलो बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन दिएको थियो भने दोस्रो बैठक चल्न सकेन ।

मंगलबार र बुधबार पनि विपक्षीले अवरोध गर्ने चेतावनीपछि बैठकको समय निर्धारण गर्दै स्थगित गरिएको थियो । विपक्षीको अवरोधका कारण आगामी आर्थिक वर्ष २०७४०७५ को प्रि–बजेटमाथिको छलफल समेत प्रभावित भएको छ । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सदनलाई जानकारी गराउने, राष्ट्रपतिबाट सदनमा भएको सम्बोधनको प्रति टेबल गर्ने तथा संसद् अधिवेशनलाई राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने कार्यसूची संसद् सचिवालयले निर्धारण गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);