भरतपुर महानगरपालिकाको मतगणना सुरु गर्न माग गर्दै एमालेद्वारा संसदमा अबरोध | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भरतपुर महानगरपालिकाको मतगणना सुरु गर्न माग गर्दै एमालेद्वारा संसदमा अबरोध

१७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको मत गणना तत्काल सुरु गर्न माग गर्दै व्यवस्थापिका संसद अवरुद्ध पारेको छ ।

सभामुख ओनसरी घर्तीले बुधबारको व्यवस्थापिका संसद बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै एमाले सांसदले उठेर विरोध जनाएका थिए । बैठकमा समय लिएर बोलेका एमाले सांसद सुरेन्द्र पाण्डेले मतपत्र च्यात्ने नेकपा माओवादी केन्द्रको क्रियाकलापलाई पराजित मानसिकता भएको भनी टिप्पणी गर्नुभयो । हार्ने निश्चित भए पछि मत पत्र च्यात्ने काम भएको भन्दै उहाँले तत्काल मतगणना सुरु गर्न माग गर्नुभयो ।

मुख्य निर्वाचन अधिकृतबाट जबरजस्ती मतगणना केन्द्रलाई कब्जा भएको भनी तथ्यलाई बङग्याउने काम भएको भन्दै उहाँले मतगणनाको काम सुरु नगरे स्वयम आफै घोषणा गरेर अघि बढ्न बाध्य हुने चेतावनी दिनुभयो ।

सांसद पाण्डेले मतगणना सुरु नगरेसम्म बैठक संचालन हुन नसक्ने अभिव्यक्ति दिएपछि सबै एमाले सांसदहरु यथास्थानमा उभिएका थिए । त्यसपछि सभामुख घर्तीले बैठक विहिबार अपरान्ह १ बजे सम्मका लागि स्थगित गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);