सुनसरी क्षेत्र नं. ३ को मतगणना सुरु गर्न निर्वाचन आयोगको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुनसरी क्षेत्र नं. ३ को मतगणना सुरु गर्न निर्वाचन आयोगको निर्देशन

nirbachan aayog

सुनसरी, २६ मंसिर । सुनसरी क्षेत्र नं.३ मा सोमबार देखि स्थगित भएको मतगणना तत्काल सुरु गर्नका लागि निर्वाचन आयोगले निर्देशन दिएको छ । अर्धकट्टी सहित नौ वटा मतपत्र भेटिएपछि त्यहाँ मतगणना स्थगित भएको थियो ।

अर्धकट्टीसहित भेटिएको नौ वटा मतपत्र यथावत राखेर अहिले मतगणना शुरु गर्ने अन्तिम तयारी भएको बताईएको छ ।
बाम गठबन्धनको अहिले एमाले पार्टी कार्यालय सुनसरीमा बैठक बसिरकेको छ । मतगणना स्थलमा अहिले ठूलोमात्रामा प्रहरी परिचालन गरिएको छ ।

सोमबार मतगणना स्थलमा दुवै तर्फबाट झडप हुने सम्भावना बढेपछि प्रहरी परिचालन गरिएको थियो । मतगणनाका क्रममा नौ वटा अर्धकट्टी सहितका नौ वटा मत पत्र भेटिएपछि विवाद भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);