मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएपछि रोकिएको दाङ २ का मतगणना पुनः सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएपछि रोकिएको दाङ २ का मतगणना पुनः सुरु

बुटवल। दाङ २ को मतगणना अहिले सुचारु भएको छ । निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ८८ वटा मतपत्र भेटिएपछि मतगणना रोकिएको थियो । मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले निर्वाचन आयोगसँगको समन्वयमा ती मतपत्र बदर गर्ने निर्णय गरेको जानकारी दिए । मतको विषयमा निर्णय गर्ने अधिकार मुख्य निर्वाचन अधिकृतलाई भएअनुसार सो निर्णय गरिएको हो । मतपत्रमा हस्ताक्षर नगर्ने निर्वाचन अधिकृतलाई कानुनबमोजिम कारबाही हुने पनि उनले बताए । ८८ वटा मतपत्रमध्ये माओवादी केन्द्रको चुनाव चिह्नमा छाप लगाइएका ४९ वटा र एमालेको चुनाव चिह्नमा छाप लगाइएका ३३ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको पाइएको थियो । राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका चुनाव चिह्नमा छाप लगाइएका केही मतपत्रमा पनि हस्ताक्षर नभएको पाइएको थियो । मतगणना स्थलमा रहेका राजनीतिक दलले आवाज उठाएपछि करिब आधा घण्टा मतगणना रोकिएको थियो । ,हस्ताक्षर नगरिएका मतपत्र स्वतः बदर हुने मुख्य निर्वाचन अधिकृत कार्कीले बताए । ‘निर्वाचन अधिकृतका हस्ताक्षर नभएका ८८ मतपत्र भेटिएपछि अनौपचारिक रुपमा मतगणना स्थगित भएको जस्तो भयो, त्यसपछि मैले निर्वाचन आयोगसँग समन्वय गरें,’ उनले भने । हस्ताक्षर नगर्ने मतदान अधिकृतलाई छानबिन गरेर कारबाही गर्ने उनले बताए ।

हालसम्मको मत परिणाम अनुसार दाङ २ मा एमालेका उम्मेदवार शंकर पोखरेलले पाँच हजार ९३९ मत ल्याउँदा माओवादी केन्द्रकी रेखा शर्माले सात हजार ५११ मत ल्याएर अग्रता कायम राखेकी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);