मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि म्याग्दीमा रोकियो मतगणना | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८३, बुधवार

मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि म्याग्दीमा रोकियो मतगणना

पोखरा। म्याग्दीमा जारी मतगणना रोकिएको छ। एकै वडाको एक सय चारवटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि विवाद सुरु भएको हो । विवादसँगै मतगणना रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

म्याग्दीमा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २ प्रदेश सभा निर्वाचन क्षेत्र छन् । हालसम्म सत्ता गठबन्धनका उम्मेद्वारहरूले अग्रता लिइरहेका छन् । नेपाली कांग्रेसका खम्बिर गर्बुजाले पाँच हजार तीन सय ७० मत पाएका छन् भने एमालेका हरिकृष्ण श्रेष्ठले चार हजार ६ सय ४९ मत पाएका छन् ।

Leave a Reply

ताजा समाचार