कांग्रेस खोटाङको स्थगित मतगणना सुचारु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कांग्रेस खोटाङको स्थगित मतगणना सुचारु

खोटाङ । नेपाली कांग्रेस खोटाङको स्थगित मतगणना करिब १४ घन्टापछि सुचारु भएको छ ।

जिल्ला कार्यसमितिको पदाधिकारीको मतगणनाका क्रममा बिहीबार राति सभापतिका उम्मेद्वार सर्वधन राई समूहले डिस्कलर्ड (रंग उडेको) मतपत्र भेटिएको भन्दै विवाद गरेपछि मतगणना रोकिएको थियो । 

डिस्कलर्ड मतपत्रका विषयमा विवाद सुरु गरेका राई पक्षले जिल्ला निर्वाचन अधिकृतको कार्यालयसमक्ष असहमतिको निवेदन नै दर्ज गरेका थिए । विवादका कारण मत गणनास्थलमा तनावपूर्ण स्थिति सिर्जना भएको थियो । हार्ने निश्चित भएपछि धाँधली भएको भन्दै विवाद निकालिएको अर्को पक्षको दावी छ । 

कडा सुरक्षा व्यवस्थाका साथ दिक्तेलस्थित कांग्रेस पार्टी कार्यालयमा शुक्रबार दिउँसो १ बजेदेखि मतगणना सुचारु गरिएको हो । ७ मंसिरमा भएको मतदानका क्रममा एक हजार तीन सय २२ मत खसेकामा एक हजार एक सय मतगणना भइसकेको छ ।

दुई सय २२ मत गन्न बाँकी रहँदा सभापतिका उम्मेद्वार विष्णुकुमार राई ८० मतले अगाडि देखिएका छन् । पूर्वसभापति रहेका विष्णुकुमारले पाँच सय ७१ मत पाउँदा पूर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री रहेका सर्वधनले चार सय ९१ मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

विष्णुकमारको प्यानलले नै अग्रता कायम राखेको छ । सभापतिका उम्मेद्वार विष्णुकुमार पौडेल र सर्वधन देउवा निकट मानिन्छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);