कोहल्वी नगरपालिका : निर्वाचन अधिकृतले मत गडबड पारेको भन्दै, दलका कार्यकर्ताद्वारा नाराबाजी, मतगणना स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

 

श्याम गुप्ता बारा, ४ असोज । बाराको कोहल्वी नगरपालिकाको मतगणना ५ बजे देखी स्थगित भएको छ । दिउँसो मतगणना परिणाम सार्वजनिक गर्ने क्रममा सहायक निर्वाचन अधिकृतले बढाएर मत परिणाम सुनाएको भन्दै दलका कार्यकर्ताले मत गणनामा रोक लगाएको बुझिएको छ।

मत गणना बाहिर सार्वजनिक गर्ने क्रममा सहायक निर्वाचन अधिकृतले मत बढाएर सार्वजनिक गरेको भन्दै बाहिर मत परिणाम सुनेर बस्ने दलका नेता कार्यकर्ताले बिरोध जनाएका हुँन्। उनीहरुले निर्वाचन अधिकृत राजेन्द्र थापाले पुर्वाग्रही रुपमा मत गणना गरेको भन्दै अधिकृत परिवर्तन गरी निर्वाचन सुचारु गर्नुपर्ने माग गरेका छन्।

बिरोध सँगै दलका कार्यकर्ता बिच भनाभन समेत भएको थियो । अहिले मतगणना स्थलमा अन्याईएको मत पत्रहरु असरल्ल छन्, भने राजनैतिक दलहरु बिच कुरा नमिल्दा मत गणना सुचारु गर्ने बारे अन्योल भएको छ । दिउँसो ४ बजे सम्म नेपाली काँग्रेसले अग्रता थियो भने पछि वडा नं. २ को मत परिणाममा एमालेले पुरै प्यानल सहिँत जित हाँसिल गरे पछि नगरमा काँग्रेसलाई पछि पार्दै एमालेले अग्रता लिएको थियो ।

नेपाली काँग्रेसले निर्वाचन अधिकृत सहिँत कर्मचारी नैं परिवर्तन गरी मत गणना सुचारु गर्नु पर्ने माँग गरी बिरोध गरिरहेको छ, भने नेकपा एमालेले पुन सहमतीमा समस्या समाधान गरी मत गणना सुचारु गर्नुपर्ने माग गरिरहेका छन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);