बारामा सुस्त मतगणना, उत्तरमा एमालेको अग्रता, दक्षिणमा त्रिपक्षीय प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

श्याम गुप्ता/माउन्टेन टिभी संवाददाता

बारा, ४ असोज । बारा जिल्लामा रहेको १६ स्थानीय तह मध्ये दुई उपमहानगरको मतगणना सकिन अझै हप्ता दिन लाग्ने देखिएको छ। जीतपुरसिमरा उपमहानगरमा मंगलबार बिहान ५ बजेदेखि सुरु भएको मतगणना बुधबार साँढे चार बजे सम्म करिब २० प्रतिशत मात्रै गणना भएको हो ।

यस उपमहानगरमा रहेका जम्मा ५६ हजार ६ सय ६० मतदाता मध्ये ४४ हजार ८ सय १७ मत्र खसेको थियो । जस मध्ये साँढे चार बजे सम्म ३४ हजार ९ सय ६४ मत गणना गरिएको आँकडामा नगरको गणना सकिन अझै हप्ता दिन लाग्न सक्ने अनुमान गरिएको छ ।

यता निर्वाचन अधिकृत भिम प्रसाद भुर्तेलले भने सकेसम्म छिट्टै गणना सक्ने गरी काम भईरहेको बताएका छन् । सुरुवाती चरणको जस्तो अब ढिला हुँदैन, २४ सै घण्टा गणना भईरहेको छ, उनले भने ‘कुँनै बाधा ब्यवधान नभए ४ देखी ५ दिन सम्ममा सकिन्छ भन्ने अनुमान छ।’ उता जिल्लाको अर्को उपमहानगर कलैया उपमहानगरमा मंगलवार दिउँसोबाट मात्रै गणना सुरु भएकोले अझ ढिला हुँने भएको छ ।

निर्वाचन आयोगले ५ दिन भित्र २ नम्बर प्रदेशको मतगणना सक्ने भनेर तयारी गरेपनि बिभिन्न कारणले सो समय अवधी भित्र गणना नसकिने भएको छ । यद्यपी बाराका अन्य नगरपालीका र गाउँपालीका भने ३ देखी ४ दिन भित्र गणना सकिने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

निर्वाचन कार्यालयको ब्यवस्थापन फित्तलो

निर्वाचनको सम्पुर्ण जिम्मेवारी बोकेको जिल्ला निर्वाचन कार्यालय बाराले निर्वाचन गणनाको उचित ब्यवस्थापन गर्न नसक्दा गणनमा ढिला सुस्ती भएको छ । निर्वाचनका कार्यालय बाराका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार गणना सकिन अझै ६ दिन लाग्न सक्ने बताए । हाल प्रत्येक मतगणना स्थलमा ५ समुहबाट मतगणना भईरहेको छ भने भोली विहिवारबाट थप एक÷एक स्थान थप गरी मत गणना गरिने भएको छ ।

अधिकृत थापाले गणनाका क्रममा दलका प्रतिनिधि धेरै बसिदिने हुँनाले दल प्रतिनिधि कै उल्झनका कारण गणनामा ढिला भएको बताए। यस्तै निर्वाचनमा खटिएका निर्वाचन अधिकृत र जिल्ला निर्वाचन कार्यालको टेलिफोन नउठ्दा सञ्चारकर्मीले समस्या झेलिरहेको अवस्था छ । अधिकाँश निर्वाचन अधिकृतका मोवाईल अफ गरिएकाले पनि मतपरिणाम बारे सञ्चार माध्यममा सुसुचित गर्न अबेर भएको स्थानीय सञ्चारकर्मीहरुले गुनाँसो गरेका छन्।

उत्तरमा एमालेको अग्रता, दक्षिणमा त्रिपक्षीय प्रतिस्पर्धा

बाराका १६ स्थानीय तह मध्ये अधिकांशमा मतगणना जारी रहँदा पाँच वटा पार्टी प्रतिस्पर्धामा देखिएका छन् । उत्तरी क्षेत्रका स्थानीय तहमा एमालेले अग्रता लिँदा दक्षिण भेगमा ठुला दल सहिँत राजपा र संघिय फोरम बिच प्रतिस्पर्धा भईरहेको छ । जिल्लाको अर्थिक समृद्धीका हिसाबले सबै भन्दा बलियो उपमहानगरका रुपमा हेरिएको जीतपुरसिमरामा प्रमुख दल नैं प्रतिस्पर्धामा छन्। राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यानवनको चरणमा रहेको यस नगरमा नगर प्रमुखको जिम्मेवारी कस्ले पाउँने भन्ने विषय बहुप्रतिक्षित बिषयका रुपमा हेरिएको छ।

जिल्लाको दुई जुम्ल्याहा उपमहानगर मध्ये जीतपुरसिमरा उपमहानगरमा एमालेलाई माओवादीले टक्कर दिरहेको छ । नगरका दुई वामपन्थीको टक्करमा काँग्रेसले माओवादीलाई तेश्रो स्थानमा रहेर टक्कर दिईरहेको छ । जीतपुरसिमरामा बुधवार साँझ सम्म ४ वटाको टुँगो लगाएको छ । वडा नं।२२ र २३ मा माओवादी केन्द्रले जितेको छ , भने एक एक वडामा एमाले र काँग्रेसले जितेको छ।

जिल्लाको उत्तरी क्षेत्रमा रहेको निजगढ नगरपालीकामा सुरुवाती चरणमा एमालेले अग्रता लिए पनि बुधवार साँझबाट काँग्रेले अग्रता लिएको छ । नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धन गरेको निजगढ नगरपालीकामा माओवादीले काँग्रेस नगर प्रमुखलाई समर्थन गरेर उपप्रमुख सहिँत अन्य पद माओवादी केन्द्रलाई मतदानको आहवान गरेका दुई दलसँग एमाले एक्लै मैदानमा उभिएको छ।

समाचार तयार पार्दा सम्म यस नगरमा ५ वटा वडाको टुँगो लगेको छ । वडा नं। १ , १२ र १३ नेपाली काँग्रेस बिजय हाँसिल गरेको छ , भने वडा नं।२ र ३ मा एमाले बिजय भएको छ । यसैगरी कलैया उपमहानगरपालीकामा संघिय समाजवादी फोरमले अग्रता लिईरहेको छ । हिजो अबेरबाट मतगणना सुरु गरिएको कलैयामा २ सय मत अन्तरले नेकपा एमाले पछि पछि छ । त्यसैगरी काँग्रेस तेश्रो स्थानमा छ।

उता कोहल्बी नगरपालीकाको प्रमुख पदमा पनि एमालेले नैं अग्रता लिईरहेको छ भने काँग्रेस सामान्य मत अन्तरले दोश्रो स्थानमा रहँदा अन्य दल झिनो आसामा पछ्याई रहेका छन् । ४ वडाको टुँगो लागेको पचरौता नगरपालीका प्रमुखमा राजपा अग्रस्थानमा रहेको छ । त्यसैगरी नेपाली काँग्रेसले लिड गरिरहेको महागढीमाई नगरपालीकामा वडा नम्बर १ मा काँग्रेस प्यानल र २ मा माओवादी प्यानल विजयी भएको छ।

त्यसैगरी केही वडाहरु टुँगो लागेको जिल्लाको पचरौता नगरपालीका, आदर्शकोतवाल गाउँपालीका , सुवर्ण गाउँपालीका , फेंटा गाउँपालीका र महागढीमाई नगरपालीकामा एमाले र काँग्रेसले नैं अग्रता लिईरहेका छन् । भने मधेशी दलको बढी प्रभाव मानिएका तहमा समेत एमाले काँग्रेस नैं अग्रस्थानमा रहँदा संघिय समाजवादी र राजपाले पछ्याई रहेका छन्।

राजपा र संघिय समाजवादी फोरम पनि जिल्लाको केही तहमा अग्रस्थान मैं छन् । पचरौता नगरपालीका , बिश्रामपुर गाउँपालीका , परसौनी गाउँपालीका , परवानीपुर गाउँपालीका र करैयामाई गाउँपालीका प्रमुख पदमा राजपा र संघिय फोरम लोकतान्त्रीक अग्रस्थानमा छन्।
मधेशी दल अग्र स्थानमा देखिएका दलमा एमाले कडा प्रतिस्पर्धामा छ , भने काँग्रेस माओवादी पछि पछि छन् । वडामा बिजयी दलका नेता कार्यकर्ताहरुले बुधवार जिल्लाका बिभिन्न स्थानमा बिजयी जुलुस समेत निकालेका छन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);