काठमाण्डौँ-६ को मतगणना सुरु, काँग्रेसका भिमसेनदास र माओवादीका झक्कुबीच प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाण्डौँ, २२ मंसिर । काठमाण्डौँ क्षेत्र नम्बर ६ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ ।

काठमाडौंको बबरमहलस्थित जिल्ला समन्वय समितिको हलमा काठमाण्डौँ क्षेत्र नम्बर ६ को मतगणना सुरु भएको हो । २ दिन भित्र सक्ने गरी सुरुमा प्रतिनिधिसभा सदस्यका उम्मेदवारको मत गणना सुरु गरिएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए ।

यो क्षेत्रमा प्रतिनिधि सभाको मतगणना सम्पन्न भएपछि प्रदेशसभा र त्यसपछि समानुपातिकतर्फको मतगणना सुरु गर्ने योजना बनाइएको छ । दुई समुहमा विभाजन गरेर मतगणना भईरहेको छ ।

काठमाडौं क्षेत्र नम्बर ६ मा ४२ हजार ३ सय ९९ मत खसेको थियो । यो क्षेत्रमा काँग्रेसका भिमसेनदास प्रधान र नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीको प्रतिस्पर्धा हुने देखिन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);