मतपेटिकालाई लक्षित गरी गाडीमा बम विस्फोटन, मतपेटिका सुरक्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

डडेल्धुरा, २२ मसिंर ।  डडेल्धुराको भित्रीमधेश क्षेत्रबाट मतपेटिका बोकी सदरमुकाम ल्याउँदै गरेको गाडीलाई लक्षित गरी पर्शुराम नगरपालिका १२ को कैनपानीमा बम विस्फोट गराइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बम विस्फोटनबाट बा १ झ ५५३९ नं को गाडीमा सामान्य क्षति पुगे पनि मतपेटिका भने सुरक्षित रहेका छ ।

 

त्यसैगरी भित्रीमधेशकै आलिताल गाउँपालिकाको सुनखोलामा मतपेटिका बोकेको अर्को गाडीलाई पनि लक्षित गरी बम विस्फोट गराइएको बताइएको छ ।

अज्ञात समूहले ती बम विस्फोट गराएको प्रहरीले जनाएको छ । अज्ञात समूहको अवरोधका कारण केही ठाउँको मत ल्याउन ढिलाइ भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

अहिलेसम्म ११७ वटा मतदान केन्द्र मध्ये ७६ वटा केन्द्र्रका मतपेटिका जिल्ला सदरमुकाम ल्याइएको र बाँकी ४१ केन्द्रका मतपेटिका ल्याउने क्रम जारी रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);