यातायातको पहुँच नभएका मतदान केन्द्रबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

यातायातको पहुँच नभएका मतदान केन्द्रबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग

काठमाडौं। निर्वाचन आयोगले पाँच जिल्लाका सडक यातायात सुविधा पहुँच नभएका स्थलबाट मतपेटिका तथा निर्वाचन सामग्रीजिल्ला सदरमुकाम ल्याउन सेनाको हेलिकप्टर प्रयोग गरेको छ। हुम्ला जिल्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका, ताँजाकोट गाउँपालिका र सर्केगाड गाउँपालिकाका गरी ३४ वटा मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री जिल्ला सदरमुकाम सर्केगाड बजार ल्याउन हेलिकोप्टर प्रयोग गरिएको हो । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाका नौ वटा मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री जिल्ला सदरमुकाम नाम्चे ल्याइएको छ । बझाङ जिल्लाको साइपाल गाउँपालिकाको तीन वटा मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री एकाङ्कुरी डाँडा ल्याइएको छ । गोरखा जिल्लाको चुमनुम्री गाउँपालिकाका २२ मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री जिल्ला सदरमुकाम गोरखाबजार ल्याइएको छ । मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिकाको पाँच मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री जिल्ला सदरमुकाम चामे ल्याउन,  संखुवासभा जिल्लाको भोटखोला गाउँपालिकाको चार मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री सदरमुकाम खाँदबारी ल्याउन हेलिकाेप्टर प्रयाेग गरिएकाे जनाइएकाे छ। डोल्पा जिल्लाको शेफोक्सुण्डो गाउँपालिकाको ८ वटा मतदान केन्द्रहरूको मतपेटिका जिल्ला सदरमुकाम ल्याउन हेलिकोप्टर प्रयोग गरिएको छ।

आयोगले सेनाको युद्ध कार्य निर्देशनालय, युद्ध कार्य विभाग, जंगी अड्डा, भद्रकालीलाई पत्राचार गरी उपयुक्त हवाइ साधनबाट मतपेटिका ढुवानी गर्न जिम्मेवारी दिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);