मतपेटिका सदरमुकाममा ल्याउने कार्य अन्तिम चरणमा : आयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मतपेटिका सदरमुकाममा ल्याउने कार्य अन्तिम चरणमा : आयोग

matpitaka

काठमाडौँ, १२ मंसिर । पहिलो चरण अन्तर्गत मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतदानमा प्रयोग भएका मतपेटिका सदरमुकाम ल्याउने कार्य अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

यद्यपी ३१ जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाममा संकलन भइसकेका छन् । अब बाँकी रहेको डोल्पा जिल्लाका ९ वटा मतदान स्थलका मतपेटिकाहरु सदरमुकाम ल्याउने कार्य भइरहेको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, कूल २ हजार ९१७ मतदानस्थलमध्ये अब डोल्पा जिल्लाका ९ मतदान स्थलका मतपेटिका आउन बाँकी छन् ।

डोल्पाका ६६ मतदान स्थलमध्ये से–फोक्सुन्डोमा ३ वटा मतदान स्थलका र थार्का ताङसोङ्कामा ६ वटा मतदान स्थलका मतपेटिका लिन हेलिकोप्टर सदरमुकाम पुगे पनि अत्यधिक हावा चलेका कारण उडान नहुन सकेन । उडान हुन नसकेकाले भोलि बुधबार मात्र मतपेटिका ल्याउने कार्य अघि बढ्ने आयोगले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);