अझै पुगेनन् सदरमुकाम ७१ स्थलका मतपेटिका | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

काठमाडौँ, १३ मंसिर । निर्वाचन आयोगले आइतबार सम्पन्न पहिलो चरणको निर्वाचनअन्तर्गत अझै ६ जिल्लाका केही मतदान स्थलका मतपेटिका सदरमुकाम आइनपुगेको जनाएको छ। आयोगले पहिलो चरणअन्तर्गत निर्वाचन सम्पन्न ३२ जिल्लामध्ये २६ जिल्लाका मतपेटिका सदरमुकाम ल्याइसकिएको र बाँकी मतपेटिका ल्याउने काम भइरहेको जानकारी मंगलबार दिएको हो।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार ६ जिल्लाका ७१ स्थलका मतपेटिका सदरमुकाम पु-याउन बाँकी छ। पहिलो चरणअन्तर्गतका २ हजार ९ सय १७ मतदान स्थलमध्ये संखुवासभाका ९, भोजपुरका ६, डोल्पाका २० मुगुका १०, जाजरकोटका २५ र दार्चुलाको एक ठाउँको मतपेटिका सदरमुकाम ल्याउने काम भइरहेको उनले बताए।

मौसमलगायतका समस्याका कारण केही स्थलको मतपेटिका सदरमुकाम ल्याउन ढिलाइ भइरहेको र बुधबारसम्म सबै मतपेटिका सदरमुकाम ल्याइसकिने आयोगले जनाएको छ। – नागरिक दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);