मतपेटिका ११ दिनसम्म सुरक्षा घेरामा राखिने, मंसिर २१ पछि मात्र मतगणना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाण्डौँ, ११ मंसिर । पहिलो चरणमा निर्वाचन भएका उच्च पहाडी तथा हिमाली जिल्लाका मतपेटिका धमाधम संकलन गर्ने काम भइरहेको छ ।

निर्वाचन आयोगले भोलिसम्म मतपेटिका संकलन भइसक्ने जनाएको छ । नजिकै रहेका मतदान केन्द्रबाट मतपेटिका आइतबार नै सदरमुकामसम्म ल्याइसकिएको र टाढाका केन्द्रका मतपेटिका भोलिसम्म ल्याइसक्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आयोगले दुर्गम स्थानका केन्द्रका मतपेटिका संकलनका लागि हेलिकप्टरको व्यवस्था गरेको छ । सदरमुकाममा संकलित मतपेटिका प्रमुख निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष निगरानी र दलका प्रतिनिधिसमेतको उपस्थितिमा राखिने आयोगले जनाएको छ । केही जिल्लामा मतपत्रको सुरक्षाका लागि सिसिटिभी राख्ने व्यवस्था गरिएको छ ।

मंसिर २१ गते दोस्रो चरणको मतदान भएपछि मात्र मतगणना सुरु हुने आयोगले जनाएको छ । पहिलो चरणमा आइतबार प्रतिनिधिसभा सदस्यका लागि ३७ र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा मतदान भएको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);