डोटी र सल्यानको मतपेटिका संकलन बाँकी भएकाले मतगणना बेलुका ५ बजेपछि मात्रै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

डोटी, मंसिर २२ ।   डोटीमा मतपेटिका संकलनको काम जारी रहेकाले आज बेलुकी ५ बजेपछि मात्रै मतगणना हुने भएको छ ।

डोटीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार डोटीको जोरायल, घागल, मन्नाकापडी तथा बर्छैन क्षेत्रका मत मतपेटिका स्थलमार्गबाट सदरमुकाम ल्याउने काम भैरहेको र कानाचौर पल्चौर लगायत क्षेत्रका मतपेटिका हेलिकप्टर मार्फत दिउँसो ल्याइने भएकाले बेलुकी ५ बजेपछि मात्रै मतगणना गर्ने तयारी रहेको हो ।

यस्तै, सल्यानको १२१ मतदान केन्द्रका मतपेटिका खलंगा ल्याइएको छ भने ५९ मतदान केन्द्रका मतपेटिका आउन बाँकी छ ।

जिल्ला निर्वाचन अधिकृत मदन बहादुर धामीका अनुसार दिउँसो ३ बजे सम्म सवै मतपेटिका संकलन गरी जिल्ला प्राविधिक कार्यालयको भवनमा मतगणना हुनेछ ।

मतगणना स्थलमा सिसि क्यामेरा र तारजाली लगाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);