दुई पालिकाको मात्र मतपेटिका सदरमुकाममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दुई पालिकाको मात्र मतपेटिका सदरमुकाममा

सुर्खेत। उपल्लो डोल्पासहित तल्लो डोल्पाको मुड्केचला, जगदुल्ला गाउँपालिकाको मतपेटिका सदरमुकाममा ल्याउन अझै एक दिन कुर्नु पर्ने भएको छ। ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिकाको मात्रै मतपेटिका सदरमुकाम दुनैमा पुर्याएको डोल्पाका जिल्ला निर्वाचन अधिकारी रामबहादुर सार्कीले जानकारी दिए । उपल्लो डोल्पाबाट हेलिकोप्टरको सहायताले मत पेटिकाहरू सदरमुकाम ल्याउने तयारी भइरहेको अधिकारी सार्कीले बताए ।

त्यस्तै, जाजरकोटको पश्चिम क्षेत्र जुनिचाँदे, शिवालय गाउँपालिकाको मतपेटिका सदरमुकाम बेलुकीसम्म मात्र पुग्ने मुख्य निर्वाचन अधिकृत केशवराज चपाइले बताए । बेलुकी नै सर्वदलीय बैठक बोलाएर मतगणना सुरु हुने उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);