प्रमुख आयुक्त थपलिया र जापानी परराष्ट्र राज्यमन्त्रीबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

प्रमुख आयुक्त थपलिया र जापानी परराष्ट्र राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौं। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र जापानी परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेबीच भेटवार्ता भएको छ। आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका राज्यान्त्री शुनसुके र प्रमुख निर्वाचन आयुक्तबीच सोमबार भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा समेत छलफल भएको आयोगले जनाएको छ। राज्यमन्त्री ताकेइले आमनिर्वाचन २०७९ को निर्वाचन प्रक्रियाको प्रशंसा गरेका छन् ।

प्रमुख आयुक्त थपलियाले निर्वाचन अवलोकन गरेकामा जापानी प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गरे। भेटवार्तामा आयोगका सचिव गोकर्णमणि दुवाडी, सहसचिवहरू तथा नेपालका लागि जापानका राजदूत किकुता युताकासमेतको उपस्थिति थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);