निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेशकुमार थपलिया सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेशकुमार थपलिया सिफारिस

dinesh kumar thapaliya

काठमाडौं, १२ चैत । निर्वाचन आयोगको प्रमुख आयुक्तमा सचिव दिनेशकुमार थपलिया सिफारिस भएका छन् ।

आज बसेको संवैधानिक परिषदको बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला संघीय तथा सामान्य प्रशासनका सचिव थपलियालाई सिफारिस गरेको हो ।

निवर्तमान प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्माले आइतबार मात्र अवकास पाएका थिए । रिक्त आयुक्त पदमा भने सिफारिस गरिएको छैन । यो समाचार आजको हिमालय टाइम्समा लेखेको छ ।

यस्तै समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझालाई नियुक्त गर्न सिफारिस गरेको छ । अब संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा उनले सो पदमा नियुक्ति पाउने छन्। बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए । उनले उपस्थित हुन नसक्ने व्यहोराको पत्र पढाएका थिए ।

यसअघिका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र सदस्य इला शर्मा आइतबार मात्र सेवानिवृत्त भएका थिए । निर्वाचन आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्त गरी पाँच जना सदस्य रहन्छन् । हाल नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीर शाह आयोगका सदस्य छन् ।

सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको परिषद्का सदस्य राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);