घिमिरेको संसदीय सुनुवाई बिहीबार हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

घिमिरेको संसदीय सुनुवाई बिहीबार हुने

काठमाडौं, २ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नविनकुमार घिमिरेको संसदीय सुनुवाई बिहीबार हुने भएको छ ।

संसदीय सुनुवाई विशेष समितिको मंगलबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस घिमिरेको सुनुवाई बिहीबार अपरान्ह १ बजे गर्ने निर्णय गरेको हो ।

प्रमुख आयुक्तमा सिफारिस घिमिरेको सुनुवाई बिहीबार गर्ने निर्णय गरिएको समितिका जेष्ठ सदस्य लक्ष्मण लाल कर्णले जानकारी दिए ।

संवैधानिक परिषदको गत भदौं २० गते बसेको बैठकले कार्यबाहक प्रमुख आयुक्त घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको थियो । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि अख्तियारको प्रमुख आयुक्तमा राष्ट्रपतिले नियुक्ती गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

२०७१ सालमा आयुक्त नियुक्त भएका घिमिरेले २०७४ साल माघ २९ गतेदेखि अख्तियारको कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);