सुशासन र आर्थिक विकास नै सरकारको मूल लक्ष्य : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सुशासन र आर्थिक विकास नै सरकारको मूल लक्ष्य : प्रम ओली

kp oli pm

काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी ओलीले सुशासन र आर्थिक विकास नै सरकारको मूल लक्ष्य रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले मुलुकलाई सुशासन र आर्थिक विकासको बाटोमा अघि बढाउने गरी शैक्षिक नीति तथा कार्यक्रम तय गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए ।

मंगलबार त्रिभुवन विश्वविद्यालय सभाको साधारण सभालाई सम्बोधन गर्दै उनले मुलुकलाई समृद्ध बनाउन आवश्यक शिक्षित, सक्षम र दक्ष जनशक्ति बनाउने गरी शैक्षिक नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिए ।

त्रिभुवन विश्वविद्यालयका कूलपति समेत रहेका प्रधानमन्त्री ओलीले मानव उचित सभ्य र सुसंस्कृत समाज निर्माण हुने गरी राज्यले शैक्षिक नीति लिनुपर्ने पनि स्पष्ट पारे । उनले मुलुकलाई सुशासन र आर्थिक उन्नतिको बाटोमा अघि बढाउनुको विकल्प नरहेको उल्लेख गर्दै सबै क्षेत्रलाई सो लक्ष्य हासिल हुनेगरी अघि बढ्न पनि आह्वान गरे ।

प्रधानमन्त्री ओलीले दिगो विकास लक्ष्य हासिल हुने गरी अघि बढ्न पनि त्रिभुवन विश्वविद्यालयलाई सचेत गराए । उनले सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गरिसक्ने प्रतिवद्धता नेपालले पनि जनाएकाले सोही अनुसारको काम, कार्वाही अघि बढाउन पनि विश्वविद्यालयका पदाधिकारीलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयले अपेक्षित प्रगति गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले विश्वविद्यालयका पदाधिकारीको नियुक्ती कार्य क्षमताको आधारमा गर्ने उल्लेख गर्दै परिवर्तित समयलाई सम्बोधन हुने गरी काममा लाग्न पनि विद्यालयका पदाधिकारीलाई सचेत गराए ।

त्रिभुवन विश्वविद्यालयका सहकूलपति समेत रहेका मन्त्री पोखरेलले विश्वविद्यालयलाई तदर्थवादको रुपमा चलाउन नहुने धारणा राखे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);