सुशासन र आर्थिक विकास सरकारको उच्च प्राथमिकता : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सुशासन र आर्थिक विकास सरकारको उच्च प्राथमिकता : प्रधानमन्त्री ओली

pm kp oli

काठमाडौं, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन र आर्थिक विकासलाई उच्च प्राथमिकता दिएको बताएका छन् । प्रधानमन्त्री ओलीले हरेक नेपालीलाई सुःखसहितको समृद्ध बनाउन सरकार प्रतिवद्ध रहेकोे पनि दावी गरे ।

प्रधानमन्त्री ओलीले ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने परिकल्पनालाई साकार पार्न सबै क्षेत्रको सहयोगको आवश्यक्तामा पनि जोड दिए । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले दूई तिहाई बहुमतसहितको सरकारको मुख्य लक्ष्य छिटो आर्थिक समृद्धि रहेको दोहोर्याए  ।

प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई पनि पुनः आग्रह गरे । नेपालमा लगानी गरे राम्रो मुनाफा आर्जन गर्ने अवस्था रहेको प्रधानमन्त्री ओलीको भनाई छ । उनले सरकार बन्द भएका उद्योगहरुको पुनः संचालन गर्ने योजनामा रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले लगानी सुरक्षित हुँदैनकी भनेर चिन्ता नलिन लगानीकर्तालाई आग्रह गरे  । उनले मुलुकलाई समृद्ध बनाउन सरकारले सक्दो प्रयास गरिरहेको पनि बताउनु भयो ।

कार्यक्रममा भारतीय जनता पार्टीका नेता गोपालकृष्ण अग्रवालले आर्थिक प्रजातन्त्रबारे चर्चा गर्दै भारतको आर्थिक विकासबाट नेपालले लाभ लिन सक्ने बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);