सरकार संंविधान मिच्दैन र मिच्न दिंदैन : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सरकार संंविधान मिच्दैन र मिच्न दिंदैन : प्रधानमन्त्री ओली

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधान नमिच्ने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले संविधान नमिच्ने र मिच्न नदिने बताएका हुन् ।

सरकारले जनताको अभिमत भन्दा विपरित नजाने, लोकतन्त्रको बाटो नबिराउने, भ्रष्ट्राचार नगर्ने र गर्न नदिने, सुशासन कायम गर्ने समेत प्रधानमन्त्री ओलीले बताए। । उनले भने ‘अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन संविधान मिच्दैन मिच्न दिदैन जनताको अभिमत भन्दा विपरित जाँदैन र जान दिंदैन भ्रष्ट्राचार गर्दैन र गर्न दिदैन सुशासन कायम गरेर छोडछ अपराधीहरुलाई नियन्त्रण गर्छ आदि कुराहरुमा म आम दाजुभाई दिदीबहिनीहरुलाई आस्वस्त पार्न चाहन्छु । ’

जनताको आकांक्षा र अभिमतबाट मात्रै लोकतन्त्र सञ्चालित हुन सकोस भन्ने अभिप्रायले सरकारले अस्थिरता खोज्ने प्रयासहरुलाई निस्तेज गर्दै नयाँ निर्वाचन घोषणा गरेको पनि प्रधानमन्त्री ओलीले बताए। । उनले भने ‘लोकतन्त्रलाई बिना व्यवधान र बिना विकृति अगाडि बढाउनका लागि लोकतन्त्र भित्रैबाट अस्वस्थता र अस्थिरताका प्रयासहरु हुन नपाउन, लोकतन्त्र जनताको आकांक्षा र अभिमत बाट सञ्चालित हुन सकुन त्यस अभिप्रायले र अस्थिरता लोकतन्त्र भित्रैबाट प्रणाली भित्रैबाट अस्थिरता खोज्ने प्रयासहरुलाई निस्तेज गर्न र कुबाटोतिर लोकतन्त्रलाई धकेल्ने चेष्टाहरुलाई अगाडि जान नदिन अहिले मुलुक फेरी नयाँ निर्वाचन तर्फ अग्रसर भएको छ ।’

प्रधानमन्त्री ओलीले नयाँ निर्वाचनको तयारीमा लाग्न सम्बन्धित निकायहरुलाई आग्रह समेत गरे । देशलाई अस्थिरताबाट जोगाउन जुन अभिमतद्धारा अनुमोदित प्रक्रियाबाट लोकतान्त्रिक विधि सम्बत ढंगले देशलाई अगाडि बढाउन ताजा जनादेश आवश्यक भएको पनि प्रधानमन्त्री ओलीले बताऐ ।
। ’
पूर्वाधार र विकासका क्षेत्रमा भएका कामहरुबाट देशको आर्थिक समृद्धिमा महत्वपूर्ण उपलब्धीहरु प्राप्त भएको पनि प्रधानमन्त्री ओलीले बताए । ती उपलब्धीहरुको रक्षा गर्दै अगाडि बढ्न र समृद्ध नेपाल सुखि नेपालीको आकांक्षा पुरा गर्ननका लागि सुशासन र विकासको बाटोबाट सरकार अगाडि बढ्ने अथक प्रयास गरिरहेकमा जोड दिए। ,।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);