नेपालको एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैनाैं : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपालको एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैनाैं : प्रधानमन्त्री ओली

pm oli

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने बताउभएको छ । आइतबार नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफनो भूमि फिर्ता गर्न सक्षम रहेको भन्दै एक इन्च भूमि पनि मिच्न नदिने प्रतिवद्धता जनाउनुभएको हो ।

प्रधानमन्त्री ओलीले अघिल्लो सताब्दी देखि नै नेपालको सिमा मिच्ने काम भएको उल्लेख गर्दै वर्तमान सरकार सिमा समस्या समाधान गर्न सक्षम रहेको बताउनुभयो ।  उहाँले नेपाली भूमिमा रहेका आफ्ना सेना फिर्ता लैजान पनि भारतलाई आग्रह गर्नुभयो ।

नेपालीहरु शान्तिको पक्षमा रहेको र छिमेकीसंग कुनै पनि तनाब नहोस् भन्ने पक्षमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारले संवाद मार्फत सिमा सम्बन्धी समस्या समाधान गर्ने बताउनुभयो । नेपालको सिमा सुरक्षाप्रति सबै राजनीतिक दल, नागरिक समाज तथा जनताले चासो देखाएर ऐक्यवद्धता जनाएकोमा पुर्वाग्रह र आत्मकेन्द्रित भएर सरकारको बिरोध गर्नु उचित नभएको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले केही बर्ष अघि सम्म पनि मुलुकमा अशान्ति, अराजकता, हत्या हिंसाको अवस्था रहेको भन्दै वर्तमान अवस्थामा भने मुलुकमा पुर्णरुपमा शान्ति कायम भएको दाबी गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);