राजसंस्था पुनर्स्थापनाको माग गर्दै काठमाडौंमा ७२ घण्टे सत्याग्रह सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राजसंस्था पुनर्स्थापनाको माग गर्दै काठमाडौंमा ७२ घण्टे सत्याग्रह सुरु

satyagrah

काठमाडौं, १ मंसिर । राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौंमा ७२ घण्टे सत्याग्रह सुरु गरिएको छ ।

स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवालले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्ने मागसहित काठमाडौंको शान्ति वाटिकाकामा आईताबारदेखि ७२ घण्टे सत्याग्रह सुरु गरेका हुन् । सत्याग्रहमा पूर्व राजावादी तथा शिव सेना नेपालमा आवद्ध अगुवाहरुको सहभागिता रहेको छ । भारत तथा चीन दुवै मुलुकबाट नेपालको सुरक्षा खतरा औंल्याउँदै सचेत रहन सरकारलाई दवाव दिन पनि सत्याग्रह सुरु गर्नु परेको शिवसेनाको दावी छ ।

स्वतन्त्र नागरिक समाजले सत्याग्रहलाई सफल बनाई मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन सहयोग गर्न पनि सबैलाई आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);