आंशिक प्राध्यापकहरुद्धारा सत्याग्रह आन्दोलनको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, १० असोज । आंशिक प्राध्यापकहरुले करार गर्न माग गर्दै दसैंमा पनि सत्याग्रह आन्दोलनको घोषणा गरेका छन ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल आंशिक प्राध्यापक संघले बुधबार फुलपातीको दिनबाट ५ दिनसम्म सत्याग्रह आन्दोलन गर्ने घोषणा गरेका हुन । आफूहरुको माग सम्बोधन गराउन त्रिभुवन विश्ववविद्यालयको मूल गेटमै सत्याग्रह सुरु गर्न लागिएको संघका महासचिव केशव चन्दले जानकारी दिए । उनले सत्याग्रह आन्दोलनमा सहभागी हुन पनि संघका सम्पूर्ण कार्यसमितिका पदाधिकारीलाई आग्रह गरे ।

आंशिक प्राध्यापकहरुले करार गर्न माग गर्दै सरकारलाई पटक पटक दवाव दिँदै आएका छन ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);