नेपाली कामदारहरु नेपाली ठेकदारबाटै ठगिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

काठमाडौं, १० असोज ।  मजदुरीका लागि भारत गएका कामदारहरु नेपाली ठेकदारबाटै ठगिएका छन् ।

बाँके कोहलपुरका पेटी ठेकदार हरिभक्त शाहले कैलालीको जानकी गाउँपालिका वडा नम्बर २ का १९ जना कामदारलाई भारतमा दुई महिना देखि सडक खन्ने काम लगाएर पारिश्रमिक नदिई परार भएका हुन् । पारिश्रमिक नपाएपछि १९ जना कामदार दार्चुलाको खलंगामा अलपत्र परेका छन् । ठेकेदार शाह फरार भएको जानकारी पाएपछि कामदारहरु सोमबारनै त्यहाँबाट हिँडेका थिए ।

पेटी ठेकेदारबाट एकै गाउँका १९ जनाको समूहले २ महिना काम गरे वाफतको ४ लाख ९ हजार नेपाली रुपौयाँ लिन बाँकी छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);