कामदारले कतारमा तीन पटकसम्म रोजगार दाता परिवर्तन गर्न पाउने | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

कामदारले कतारमा तीन पटकसम्म रोजगार दाता परिवर्तन गर्न पाउने

एजेन्सी , १३ फागुन । कतारमा कामदारले तीन पटकसम्म रोजगार दाता परिवर्तन गर्न पाउने भएको छ । कतारको सुरा काउन्सीलले विदेशी श्रमिकलाई प्रकृया पुरा गरेको खण्डमा तिन पटकसम्म रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गर्न सिफारिस गरेको हो ।

काउन्सिलका अध्यक्ष अहमद बिन अब्दुल्ला बिन जैद अल महमूदको अध्यक्षतामा सम्पन्न बैठकले यस्तो प्रस्ताव राखेको बताइएको छ । यसैगरि कतारको नयाँ श्रम नियम अनुसार अब घरेलु कामदार तथा अन्य श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार कतारी रियाल तोकिएको छ ।

यो नयाँ तलबमान सँगै त्यहाँ काम गर्ने विदेशी कामदारको मासिक तलब १ हजार, खानाको लागि ३ सय गरेर १३ सय कतारी रियाल हुनेछ ।

हाल कतारमा विभिन्न पेशामा संलग्न नेपालीहरुको संख्या ३ लाख १२ हजार ६५० रहेको र यिनमा ११ हजार ९० जना महिला कामदारहरु रहेको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);