अब कतारमा विदेशी नागरिकले स्थायी बसोबासको अनुमति पाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

२० साउन, काठमाण्डौँ । कतारले विदेशी नागरिकलाई स्थायी बसोबासको अनुमति दिने तयारी गरेको छ ।

 

कतारको मन्त्रिपरिषद्ले विदेशीलाई स्थायी बसोबासको अनुमति दिने योजनाको मस्यौदालाई पारित गरेको छ । मस्यौदाअनुसार कतारी महिलासँग विवाह गर्ने विदेशी नागरिकका बच्चा तथा राम्रो काम गर्ने प्रवासीले स्थायीरुपमा बसोबास पाउने छन् ।

 

विदेशी कामदारमा निर्भर रहेका कुनै पनि खाडी मुलुकमा यस किसिमको योजना पहिलोपटक ल्याइएको हो । हाल कतारमा करिब २७ लाख मानिस रहेकामा २४ लाख अन्य मुलुकका नागरिक हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);