पाठकले घुस लिएको प्रकरणमा मुछिएका उपराष्ट्रपतिका छोरा दीपेशसँग बयानको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पाठकले घुस लिएको प्रकरणमा मुछिएका उपराष्ट्रपतिका छोरा दीपेशसँग बयानको तयारी

Dipesh-Pun

काठमाडौं, २३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुर्व आयुक्त राजनारायण पाठकले घुस लिएको प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायत विभिन्न व्यक्तित्वसँग बयान लिने तयारी गरेको छ ।

अख्तियारले उपराष्ट्रपति पुनका छोरा दीपेश र अखिल क्रान्तिकारी नेता कैलाश मगर तथा उक्त प्रकरणमा मुछिएका एक दर्जनभन्दा बढी व्यक्तिसँग बयान लिन लागेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

आयोगले पाठकलाई घुस बुझाउने चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका अध्यक्ष लम्बोदर न्यौपानेसँग बिहीबार बयान लिने भएको छ । राजपा नेपालका नेता ज्ञानेन्द्र झाले लम्बोदरको ७८ लाख रुपैयाँ पाठकलाई बुझाएका थिए। अस्ट्रेलियामा स्थायी बसोबासको अनुमति ९पीआर० पाएका लम्बोदर र अर्का सञ्चालक दीपक भट्टराईबीच इन्जिनियरिङ कलेजको स्वामित्वका विषयमा विवाद छ ।

न्यौपाने पक्षले इन्जिनियरिङ कलेजलाई निजी भन्दै आएको छ भने भट्टराई पक्षले समुदायबाट सञ्चालित गैरमुनाफामूलक भएको बताउँदै आएको छ । विगत दुई वर्षदेखि भट्टराई पक्षले लम्बोदर पक्षलाई कलेजमा प्रवेश गर्न दिएको छैन । उक्त विवाद मिलाउन लम्बोदर राजपा नेतामार्फत तत्कालीन आयुक्त पाठक कहाँ पुगेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);