अख्तियारका पूर्वआयुक्त पाठकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

अख्तियारका पूर्वआयुक्त पाठकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

raj-narayan-pathak

काठमाडौं, १२ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगको मंगलबारको बैठकले पाठकविरुद्ध ७८ लाख रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गर्ने निर्णय गरेसँगै मंगलबार नै मुद्दा दर्ता गरेको हो । पाठकसँगै घुस दिने नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई पनि विपक्षी बनाइएको छ ।

घुस लिने र दिने दुबै दोषी भएको भन्दै उक्त मुद्दामा न्यौपानेलाई पनि विपक्षी बनाइएको अख्तियार प्रवक्ता प्रदीप कोइरालले जानकारी दिए । ७८ लाख रुपैयाँ घुस दिएको सार्वजनिक भएसँगै पाठकले आयुक्त पदबाट राजिनामा दिएका थिए ।

पाठकले राजिनामा दिएसँगै उनी विरुद्ध अख्तियारले छानबिन सुरु गरेको थियो । तर अख्तियारले घुस डिल गरेका पूर्वाञ्चल विश्वविद्यालयका विज्ञान संकायका डीन एवं राजनारायणका भाइ शुभनारायण पाठक विरुद्ध भने कुनै मुद्धा चलाएको छैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);