भ्रष्टाचार गरेको आरोपमा मालपोत अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भ्रष्टाचार गरेको आरोपमा मालपोत अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडाैं, ३० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका निमित्त मालपोत अधिकृत रामबाबु मण्डलविरुद्ध ५ लाख भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उच्च अदालतमा विचाराधीन जग्गा विवादको सिलसिलामा सेवाग्राहीको नाममा कायम हुन आएको खुल्ने निर्णयसहितको कागजात दिन आनाकानी गरी घुस लिएको आरोपमा अख्तियारले उनलाई पक्राउ गरेको थियो ।

मण्डलले गरेको काम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ (१) बमोजिम भ्रष्टाचार पुष्टि भएकाले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

मण्डलविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजाय तथा ५ लाख रुपैयाँ विगो मागदावी गरिएको अख्तियारले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);