वीपी प्रतिष्ठानका तत्कालिन उपकुलपति डा. बलभद्र प्रसाद दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

वीपी प्रतिष्ठानका तत्कालिन उपकुलपति डा. बलभद्र प्रसाद दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Commission for the Investigation of Abuse of Authority, CIAA

काठमाडौं, ३० भदौ । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका तत्कालीन उपकुलपति, डा. बलभद्र प्रसाद दासले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा आरोप-पत्र दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दासले जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश गरीउपकुलपति र तत्पश्चात सोही प्रतिष्ठानमा प्राध्यापक पदमा कार्यरत रहेकोमा निजको सेवा प्रवेशको सम्मको अवधिसम्म ७ करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ २४ पैसा भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

अख्तियारले दायर गरेको आरोप पत्रमा दासको खर्च तथा लगानीको स्रोत खुल्न नआएको हुँदा त्यस्तो खर्च तथा लगानी निजको पद र हैसियत अमिल्दो र अस्वभाविक देखिई उच्च जीवनयापनसमेत गरेको देखिएको कुरा उल्लेख गरेको छ ।

त्यस्तै दासले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी निजकी श्रीमती पुनम दासको नाममा राखेको हुँदा स्रोत नखुलेको सम्पत्ति साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग., दफा २९ उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम निज पुनम दासबाट जफत गर्ने प्रयोजनको लागि मात्र निज पुनम दासलाई समेत प्रतिवादी कायम गरी निजको नाममा रहेको सम्पत्ति उल्लिखित कानून अनुसार जफतको मागदाबीसमेत लिई विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);