क्रिकेट खेलाडी ललितको उपचारका लागि आर्थिक सहयोग जुटदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

क्रिकेट खेलाडी ललितको उपचारका लागि आर्थिक सहयोग जुटदै

काठमाडौं, ३० भदौ । सडक दुर्घटनामा परि घाईते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललित सिंह भण्डारीको उपचारका लागि क्रिकेट खेलाडी संघ नेपाल सिप्यानले आर्थिक संकलन सुरु गरेको छ । सिप्यानले मंगलबार विज्ञप्ति जारी गर्दै ललितको उपचारका लागि आर्थिक रकम संकलन थालिएको जनाएको छ । सिप्यानले क्रिकेट प्लेयर्स एसोसिएसन नेपालको नाममा रहेको सेञ्चुरी कमर्सियल बैंकको ००१०००२५२९ न्म्बरको खातामा सहयोग रकम जम्मा गर्न सकिने जनाएको छ ।

सिप्यानले ललितको दुर्घटनाप्रति दुख व्यक्त गर्दै उपचारका लागि सम्पूर्ण सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ । आईतबार राति धनगढीबाट महेन्द्रनगर जादै गरेको ट्रकको ठक्करबाट ललित सवार मोटर साईकल दुर्घटनामा परेको थियो । दुर्घटनामा परेपछि उनलाई धनगढीको निसर्ग हस्पिटलमा राखेर उपचार गरिएको थियो ।

त्यहाँका चिकित्सकले थप उपचारका लागि ललितलाई नेपागञ्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरेका थिए । सोमबार ललितलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । ललितको थप उपचार काठमाडौंको ग्राण्डी अस्पतालमा भईरहेको छ । विभागीय टिम पुलिसमा आबद्ध ललितले घरेलु क्रिकेटका विभिन्न फ्रेन्चाईज प्रतियोगिता खेलिरहेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);