राष्ट्रिय खेलाडी कल्याणकारी कोषद्वारा खेलाडीहरुलाई उपचार खर्च प्रदान | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

राष्ट्रिय खेलाडी कल्याणकारी कोषद्वारा खेलाडीहरुलाई उपचार खर्च प्रदान

काठमाडाैं,१८ असाेज । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले आइतबार राष्ट्रिय र पूर्व राष्ट्रिय खेलाडीलाई उपचार खर्च प्रदान गरेको छ । राजधानीमा आइतबार एक कार्यक्रमको आयोजना गरी कल्याणकारी कोषले नेपाली पूर्व र वर्तमान खेलाडीलाई उपचारका लागि आर्थिक सहयोग गरेको हो । एथ्लेटिक्स, बास्केटबल, जुडो र कबड्रडीका गरी चार जनालाई जम्मा ४ लाख रुपैयाँ प्रदान गरिएको हो ।

क्यान्सरका कारण गत साउन १९ गते निधन भएका एथ्लेटिक्सका पूर्व राष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले १ लाख रुपैयाँ प्रदान गर्नुभयो । सिलवालले पूर्व तथा वर्तमान खेलाडी र प्रशिक्षकहरुको बीमा गर्न सके आवश्यक परेकोबेला सहयोगबाट बञ्चित हुने अवस्था नआउने बताउनुभयो ।

आईतबार नै बास्केटबलकी सविता खड्कालाई १ लाख २५ हजार, जुडोका पूर्व खेलाडी पृथ्वी आलोकलाई १ लाख र कबड्डीकी मनीषा विष्टलाई ७५ हजार रुपैयाँ प्रदानगरिएको छ । तीनैलाई घुडाको समस्या छ । मनीषाको रकम नेपाल कबड्डी संघका प्रतिनिधिले बुझाउने गरी बुझेका छन् ।

राखेपका सदस्य–सचिव एवं कोषका अध्यक्ष सिलवालले उनीहरुलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । २०६८ सालमा स्थापना भएको खेलाडी कल्याणकारी कोषले समस्यामा परेका खेलाडीलाई सहयोग गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);