एनएनआइपिएले अर्को वर्षदेखि 'राइजिङ प्लेयर अफ दि इयर' विधामा पनि खेलाडीलाई सम्मान गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एनएनआइपिएले अर्को वर्षदेखि ‘राइजिङ प्लेयर अफ दि इयर’ विधामा पनि खेलाडीलाई सम्मान गर्ने

काठमाडौं, २९ कार्तिक । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेला संघ (एनएनआइपिए) ले अर्को यो वर्षदेखि राइजिङ प्लेयर अफ दि इयर विधामा पनि खेलाडीलाई सम्मान गर्ने भएको छ । सर्वोत्कृष्ट खेलाडी, प्रतिभावान खेलाडी लागतका सम्मान प्रदान गर्दै आएको एनएनआइपिएले यो वर्षबाट राइजिङ प्लेयर अफ दि इयर विधामा पनि सम्मानित गर्ने भएको हो ।

५० हजार राशी रहेको उक्त सम्मानबाट एक महिला र एक जना पुरुष खेलाडी सम्मानित हुनेछन् । यसैबीच राइजिङ प्लेयर अफ दि इयरसम्मालाई स्काई ब्राण्ड नेपालले प्रायोजन गर्ने भएको छ । हरेक वर्ष एक लाख रुपैयाँ उपलब्ध गराउने गरी स्काई ब्राण्ड नपाल र एनएनआइपिएबीच ५ वर्षका लागि सम्झोता समेत भएको छ । आज एक कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

स्काइ ब्राण्ड नेपालले पनि आजबाट नै औपचारिक सुरुवात गरेको छ । ५ जना महिला खेलाडीहरु अनु अधिकारी, रिमा घर्तिमगर, रेश्मा भण्डारी, रसिला महर्जन र अनिता बस्नेत समेतको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गर्नुका साथै स्काइ ब्राण्ड नेपालको पनि उद्घाटन गरिएको छ । एनएनआइपिए हरेक वर्ष सर्वोत्कृष्ट महिला र पुरक्ष खेलाडीलाई १ लाख रुपैयाँले सम्मान गर्दै आएको छ ।

यस्तै प्रतिभावान महिला पुरुष खेलाडीलाई ५० हजार नगदसहित सम्मान गर्दै आएको छ । अघिल्लो वर्ष गरेको प्रदर्शनका आधारमा सम्बन्धित राष्ट्रिय संघले सिफारिस गरेअनुसार हेक वर्ष खेलाडीहरु सम्मानित हुँदै आएको छन् ।

यस्तै एक जना खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी र एकजना खेलकुद पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिताबाट पुरस्कृत गरिँदै आएको छ । यो वर्षको अवार्ड समारोहका बारेमा केही हप्तापछि औपचारिक जानकरी दिने संघका अध्यक्ष दीपक श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);