इंग्ल्यान्डका बेन स्टोक्स आईसीसी वर्ष खेलाडी घोषित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

इंग्ल्यान्डका बेन स्टोक्स आईसीसी वर्ष खेलाडी घोषित

एजेन्सी, १ पुस । इंग्ल्यान्डका बेन स्टोक्स अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आईसीसीको वर्ष खेलाडी भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बुधबार स्टोक्सलाई ’आईसीसी मेन्स क्रिकेटर अफ दि इयर’ घोषणा गरेको हो ।

इंग्ल्यान्डलाई विश्वकप क्रिकेटको उपाधि दिलाउन महत्वपूर्ण प्रदर्शन गरेका स्टोक्स पहिलोपटक वर्ष खेलाडी भएका हुन् । विश्वकप क्रिकेटमा स्टोक्सले विश्वकपमा ४ सय ६५ रन बनाएका थिए ।

रोमान्चक फाइनलमा अविजित ८५ रन बनाएर स्टोक्स फाइनलमा प्लेयर अफ दि म्याच समेत बनेका थिए । यसैगरी भारतका रोहित शर्मा एकदिवसीय क्रिकेटर अफ दि इयर तथा भारतका कप्तान विराट कोहली स्प्रिट अफ क्रिकेट घोषित भएका छन् ।

टेष्ट क्रिकेटर अफ दि इयर अष्ट्रेलियाका प्याट कुमिन्स तथा इमर्जिङ क्रिकेटर अफ दि इयर अष्ट्रेलियाकै मार्नुस् घोषित भएका छन् । अम्पायर अफ दि इयर इंग्ल्यान्डका रिचार्ड लिङवोर्थ, एसोसियट प्लेयर अफ दि इयर स्कटल्याण्डका केली कोट्जर तथा टी –ट्वान्टी पर्फमेन्स अफ द इयर भारतका दिपक चाहर भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);