घरेलु टिम भारतविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले शानदार जित | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८३, सोमबार

घरेलु टिम भारतविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले शानदार जित

india vs Australia

एजेन्सी, ०१ माघ। मुम्बईमा मंगलबार भएको पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई १० विकेटले पराजित गरेको हो । भारतले दिएको २ सय ५६ रनको लक्ष्य अष्ट्रेलियाले ३७ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो । अष्ट्रेलियाको जितमा ओपनरद्वय डेभिड वार्नर र आरोन फिन्चले अविजित रहदै शतकीय इनिङ्स खेले ।

वार्नरले अविजित १ सय २८ रन जोड्दा फिन्चले अविजित १ सय १० रन बनाए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय ५५ रन बनाएको थियो । भारतका शिखर धवनले ७४ रनको अर्धशतकीय इनिङ्स खेले। धवनले ९१ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।

यस्तै लोकेश राहुलले ४७ ऋषब पन्तले २८, रबिन्द्र जडेजाले २५ , कुलदिप यादबले १७ तथा कप्तान विराट कोहलीले १६ रन बनाए । अष्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए । यस्तै प्याट कमिन्स र केन रिचर्ड्सनले समान २÷२ विकेट हात पारे । जितसँगै अष्ट्रेलियाले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

ताजा समाचार