दिल्लीसँग पन्जाब किङ्स ७ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

दिल्लीसँग पन्जाब किङ्स ७ विकेटले पराजित

एजेन्सी । दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति अहमदाबादमा भएको खेलमा पन्जाब किङ्सलाई ७ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । पन्जाबले दिएको १ सय ६७ रनको लक्ष्य दिल्लीले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीको जितमा शिखर धवनले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पृथ्वी शले ३९, स्टिभ स्मिथले २५, शिम्रोन हिटमायरले १६ र कप्तान ऋषव पन्तले १४ रन जोडे । पन्जाबका क्रिस जोर्डन, रिली मिरिदिथ र हरप्रित ब्रारले १÷१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । पन्जाबका लागि कप्तान मायांक अग्रवालले अविजित रहदै ९९ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै डाविड मालनले २६, क्रिस गेलले १३ र प्रभसिम्रन सिंहले १२ रन बनाए । दिल्लीका कागिसो राबडाले ३ विकेट लिए । जितसँगै दिल्लीले ८ खेलमा १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने पन्जाब ८ खेलमा ६ अंक जोडेर तालिकाको छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);