आईपीएलः किङ्स इलाभेन पन्जाबसँग ५ विकेटले दिल्ली क्यापिटल्स पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आईपीएलः किङ्स इलाभेन पन्जाबसँग ५ विकेटले दिल्ली क्यापिटल्स पराजित

एजेन्सी, ५ कार्तिक । युएईमा जारी १३ औं संकरणको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा किङ्स इलाभेन पन्जाबले जित निकालेको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मंगलबार भएको खेलमा पन्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै जित निकालेको हो ।

दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्य पन्जाबले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । पन्जाबको जितमा निकोलस पुरनले ५३, ग्लेन म्याक्स्वेले ३२, दिपक होडाले १५, क्रिस गेलले २९ रन जोड्दा कप्तान केएल राहुलले १५ रन बनाए । जेम्स निशम १० रनमा अविजित रहे ।

दिल्लीका कागिसो राबडाले २ विकेट लिए । अक्षर पटेल र रविचन्द्र आश्विनले १/१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले अविजित रहदै १ सय ६ रनको शतकीय इनिङ्स खेले ।

यस्तै कप्तान श्रेयस आयर र ऋषब पन्तले समान १४/१४ रन बनाए । शिम्रन हिटमायर १० रनमा आउट भए । पन्जाबका मोहमद शामीले २ विकेट लिए । यस्तै ग्लेन म्याक्सवेल,जेम्स निशम र मुरुगान आश्विनले १÷१ विकेट लिए ।

जितसँगै पन्जाबले १० खेलमा ८ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा समेत उक्लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);